दीगो पर्यटन विकासमा योगदान गरेको प्रकृति रिसोर्ट ट्राभललाइभ प्रमाणीकरण
काठमाडौं । दीगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म बेलायतको प्रतिष्ठित ट्राभललाइभ प्रमाणीकरण भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ ३ मा रहेको प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मले वातावरणमैत्री पूर्वाधार विकास, अर्गानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको एक कार्यक्रम गरी जानकारी गराइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै रिसोर्टले ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल तथा यूएनटीओको दीगो विकास लक्ष्यहरुमा आधारित १४३ मापदण्ड पूरा गरेपछि ट्राभललाइभ प्रमाणीकरण प्राप्त गरेको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले जानकारी दिएका छन् ।
Photo : pradeep kumar shrestha/globalphotobank.com