उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी सरकारले ३० व्यवसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गर्नु भएको हो । सीआईपी प्राप्त गर्ने सम्मानित सस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल हस्तकला महासंघ, निर्यात व्यवसायी महासंघ, नेपाल छुर्र्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघ, थर्ड आई इन्टरनेशनल, नेपाल फेशन प्रा.लि, नेशनल एक्सपोटर्स प्रा.लि, हिमालयन हेण्डिक्राफ्ट प्रा.लि, ट्राइकोट इण्डष्ट्रिज, डाबर नेपाल प्रा।लि। आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौं, गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा.लि.,नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन, एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स, जनकपुर रिफाइनरिज काठमाडौं, द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड,आइएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
photo : pradeep kumar shrestha/global photo bank.com