काठमाडौँ, २ साउन । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनैपनि पूर्वधारणा वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालय त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।