2082 काठमाडौं । साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गर्नुभएको छ । धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने साउन महिनाको सोमबार विशेषगरी शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ, र पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गर्नुभएको हो । उहाँले दर्शनार्थीसँग समेत कुराकानी गर्नुभएको छ । दर्शनार्थीहरुले पनि छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएकोप्रति मन्त्री पाण्डेको प्रशंसा गर्नुभयो ।