नेपाल बन्छ भन्ने तपाईँ–हामीले गरेर देखाउनुपर्नेछ :प्रधानमन्त्री

July 31, 2025 Global Photo Bank 5 photos

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुुपर्नेमा जोड दिनुभयो । हामी सन् २०२६ मा विकसित मुलुुकमा स्तरोन्नती हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुुग्नेछौँ । हाम्रो देश अरुले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ । प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामी सबै लागेमा वि क्यान डुु… नेपाल बन्छ।’’ कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गर्नुभएको थियो ।

photo : dinesh bhandari/pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment