SILK ROAD ECHOES, ART UNITES HEARTS प्रदर्शनी

२०८२ साउन १७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको आयोजनामा नेपाल र छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा शनिवारबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा SILK ROAD ECHOES, ART UNITES HEARTS कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत महामहिम Chen Song ले उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री कोइरालाले भन्नुभयो, ‘यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभई दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको विशेष अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक कूटनीतिमा सधैँ गहिरो भूमिका खेल्न बताउनुभयो । राजदूत महामहिम Chen Song ले नेपाल–चीन सम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताउनुभयो ।