बौद्धमा गाईजात्रा तथा रोपाईजात्राको (घोनाई) प्रतियोगिता हुने

August 7, 2025 Global Photo Bank 7 photos

बौद्ध २२ श्रावण बौद्ध तामाङ कल्याण गुठीको सयोजकत्वमा गठीत गाईजात्रा तथा रोपाईजात्राको (घोनाई) मुल समारोहले श्रावण २६ गते बौद्धमा सधै झै यस पटक पनि १३ विभिन्न किसिमको ब्यंग्यात्म गाईजात्रा प्रहर्शनको प्रतियोगिता गर्ने भएको छ । यस प्रतियोगितामा हलगोरु, युवा रोपार, बाल रोपार, बाल बाउसे, हाँस्य, ब्यङ्य, युवा लाखे, झाँकी, घोडा, विद्यालयहरुको प्रस्तुती र घोनाई मौलिक नाच रहको गाईजात्रा तथा रोपाईजात्रा (घोनाई जात्रा) जस्ता ब्यङ्यात्मक प्रतुती हुनेछ । प्रतियोगितामा प्रत्येक विदामा प्रथम हुनेलाई १००००। दोश्रो ७०००। तेश्रो लाई ५०००। र सान्त्वनालाई २५००। सयको दरले पुरस्कार वितरण गरिने कार्यक्रममा मुल समारोहका संयोजक जयमंगल लामाले जानकारी दिनु भयो ।

Photo : pradeep kumar shrestha/global photo bank.com

https://youtu.be/Cg0Tmi65F0I

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment