वसन्तपुरमा सामूहिक कुमारी पूजा फोटो फिचर

September 5, 2025 Global Photo Bank 13 photos

काठमाडौँ २० भाद्र शुक्रबार, काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि शुक्रबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो। इन्द्र जात्राको लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । नेवारी समाजमा वेलविवाह नगरिएका र अन्य समुदायका र जस्वला नभएका कन्यालाई शुभको प्रतीक मानी कन्या पूजा गरिन्छ ।

photo : dipendra maharjan /global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment