The situation in Kathmandu after the curfew

September 10, 2025 Global Photo Bank 17 photos

भदौ २५, काठमाडौं । नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरेको छ। सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन पश्चात उत्पन्न नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि सेनाले निषेधाज्ञा र कफ्र्यु जारी गरेको हो । नेपाली सेनाका अनुसार आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि २६ गते बिहान ६ बजे सम्म कफ्र्यु आदेश लागू हुनेछ र परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने छ । आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र ती घटना नरोकिए पछि निषेधाज्ञा र कर्फ्यू जारी गरिएको सेनाले जनाएको छ । हिजो विभिन्न ठाउँमा भएको आगजनी तोडफोड भएका ठाउँमा नेपाली सेना, जेन–जी महानगरपालिका लगायतले सरसफाई अगाडि बढाएका थिए साथै हिजो देखि जलिरहेको विभिन्न ठाउँमा नेपाली सेनाले आगो निभाउने काम गरिरहेको देखिएको थियो । निषेधाज्ञा र कफ्र्युका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउनेछन् ।

Photo : pradeep kumar shrest

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment