इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्टेको नेपालमा फोटो प्रदर्शनी

काठमाण्डौ, नेपाल टुरिजम वोर्ड (एनटिवी) को आर्ट एण्ड ट्राभल शिर्षकको फोटो प्रदर्शनी यही नोभेम्वर ३ देखि ५ सम्म वोर्डको परिसर भित्र इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्टेले खिचेका पच्चिस तस्वीरहरु समावेश भएको थियो । उक्त फोटोहरु इटालियन टापु सिसिली विचको र नेपालको विभिन्न ठाँउ तथा सास्कृति झल्काउने फोटोहरु प्रदर्शनिमा राखिएको थियो ।

वोर्डको अनुसार, यो फोटो प्रदर्शनिले सांस्कृतिक आदान प्रदान र दुवै राष्ट्रिलाई विश्वमा चिनाउने र ब्रान्काफोर्टका तस्वीरले अन्तराष्ट्रिय फोटोग्राफरलाई पनि नेपालको बारेमा राम्रो दृश्टीकोणबाट हेरिने अपेक्षा गरिएको छ ।

Photo : pradeep kumar shrestha/global photo bank.com