मंसिर २७, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० बागमति प्रदेश समितिको आयोजना तथा फोनिज काठमाडौँ समितिको समन्वयमा सम्पदा प्रवर्द्धन सम्बन्धी विशेष गोष्ठि तथा फिचर लेखन तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका काठमाडौँको सहकार्यमा शुक्रबार आयोजित उक्त तालिममा बागमति प्रदेशभरिका करिब ५० जना फोनिजकर्मीहरू सहभागी रहेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नेपालमा रहेका सम्पदाहरूको यकिन गरि प्रचारप्रसार गर्नुपर्ने बताएकी छन् । उपप्रमुख लामाले विश्व सम्पदा सूचिकृत स्मारकहरू मात्र नभइ हरेक समुदायभित्रको कला, संस्कृति, रितिरिवाज र परम्परालाई समेत संरक्षणको लागि प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेख्य रहेको बताइन् । लेखनको सैद्धान्तिक र व्यवहारिक पक्षलाई जोड दिदै सम्पदाको विषयमा गहण रूपले लाग्न सहभागी पत्रकारहरूलाई सुझाव दिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० बागमति प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सञ्चालित सो बैठक तथा गोष्ठि कार्यक्रम प्रदेश महासचिव राजु नापितले सञ्चालन गरेका थिए ।
photo : pradeep kumar shrestha/globalphotobank.com