बन्दीपुर भिलेज सफारीले बन्दिपुरको पर्यटनलाई नयाँ आयाम
बन्दीपुर भिलेज सफारीले बन्दिपुरको पर्यटनलाई नयाँ आयाम
पहाडकी रानी भनेर चिनिने बन्दिुपरलाई पर्यटनमा नयाँ फट्को
पहाडकी रानी भनेर चिनिने बन्दिुपरमा बन्दिपुर भिलेज सफारी संचालन भएको छ । पहाडकी रानी भनेर चिनिने बन्दिुपरमा बन्दीपुर भिलेज सफारीले बन्दिपुरको पर्यटनलाई नयाँ आयाम थपिएको छ । जसले गर्दा बन्दीरपुरमा रहेका पर्यटकिय गन्तब्यमा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो बनाएको छ । यो एक दम नयाँ र आबश्यक कदम मान्न सकिन्छ । बन्दीपुर आएर बन्दिपुरको नजिकको स्थानमात्र पैदल हेर्न सकिन्थ्यो भने अहिले यो सफारी संचालनमा आएपछि छोटो समयमा स्थानीय सवैठाउँ, गाउँ पर्यटनमा रहेको घरबास (होमस्टे) मा जान आउन सहज बनाएको छ ।
यस बन्दिपुर भिलेज सफारीमा यात्रा गर्दा नजिका स्थानमा यात्रा गर्दा रु. ५००। पाँच सय लाग्दछ भने अलि बन्दिपुर बाहिरका स्थानहरु (होमस्टेहरु) को दुरी अनुसार शुक्ल लाग्न कुरा यस बन्दिपुर भिलेज सफारीका संचालनक बसन्त पौडेल बताउनु भएको छ । हाल २ वटा सफारी गाडि संचालनमा आएको छ र यसले आन्दरिक बाह्य पर्यटनहरुको चापलाई ध्यानमा राखि थपिदै जाने कुरा संचालक बताउनु हुन्छ ।
Photo : global photo bank.com