एभरेष्ट समिटिएर्स समिटमा १७६ सगरमाथा आरोहीलाई सम्मान
१३ जेठ, काठमाडौं । दोस्रो संस्करणको ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ मा २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ ।
एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित भव्य कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, आयोजक संस्था एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेलगायतले सम्मान गरेका हुन ।
Photo : pradeep kumar shrestha/global photo bank.com