आफ्नो अद्वितीय भौगोलिक बनोट र प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध , हरियाली जङ्गल र हिउँले ढाकिएका हिमालहरूले चारैतिरबाट घेरेको , छिनछिनमा आफ्नो रुप बदली रहने सुन्दर प्रकृतिको उपहार हो । यो ताल।समुद्री सतहबाट ३ हजार ९ सय ९० मिटर उचाइमा रहेको शे–फोक्सुण्डो तालको गहिराई ६ सय ५० मिटर छ। ४.८ किलोमिटर लम्बाई र १.८ किलोमिटर चौडाई क्षेत्रफलमा फैलिएको यो ताल नेपालकै गहिरो तालको रुपमा मानिन्छ। ताल हेर्नकोलागि बाह्य पर्यटक आएपनि बढिमात्रमा आन्तरिक पर्यटकहरु आएको देखिन्छ । यो डाल्पा जिल्लामा पर्दछ भने फोक्सुण्डो पुग्न जिल्ला सदरमुकाम दुनै बजारबाट २ दिनको पैदल यात्रा गर्नुपर्छ।
Photo : Praksha Nepali / Dolpa