Bala Tripura Sundari Temple

June 15, 2026 Global Photo Bank 5 photos

बाला त्रिपुरासुन्दरी मन्दिर

अमूल्य सम्पदा मध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर एक विशेष महत्व बोकेको शक्तिपीठ हो। समुद्री सतहबाट करिब २,१०० मिटर ९६,८९० फिट० उचाइमा, ठूली भेरी नदीको किनारमा रहेको रमणीय पहाडको टाकुरामा अवस्थित यो मन्दिर धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा ऐतिहासिक गौरवको अनुपम केन्द्रका रूपमा परिचित छ। बाला त्रिपुरासुन्दरी मन्दिरको इतिहास करिब ९५० वर्ष पुरानो मानिन्छ। स्थानीय जनश्रुति अनुसार तत्कालीन राजा विक्रम शाहीको दरबार परिसरमा रहेको ओखलबाट देवी प्रकट भएको विश्वास गरिन्छ। त्यसपछि देवीको आदेशअनुसार उक्त स्थानमा मन्दिर स्थापना गरिएको भनाइ छ। यसले मन्दिरलाई केवल धार्मिक स्थल मात्र नभई ऐतिहासिक तथा सांस्कृतिक धरोहरको रूपमा पनि स्थापित गरेको छ। यसको संरक्षण, प्रचार प्रसार र विकासले धार्मिक पर्यटन प्रवर्द्धन मात्र होइन, डोल्पा लगायत समग्र नेपालको सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

Photo : Prakash /Dolpa

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment