Soft Tennis Tournament 2026

June 20, 2026 Global Photo Bank 15 photos

ओलम्पीक डेको उपलक्ष्यमा आयोजित सफ्ट टेनिस प्रतियोगिता आज एन्फा कम्प्लेक्समा खेल सम्पन्न भएको छ । विभिन्न समुह अन्तर्गत भएको खेलमा पुरुष तर्फको एकलमा प्रदीप खत्रीले कमल बहादुर लाई सोझो सेट ४–२ मा पराजित जित पथम स्थान हासिल गरे द्वितिय कमल बहादुर भण्डारी भए यसैगरी डवल पुरुष तर्फमा कमल बहादुर भण्डारी र व्रिजेश पाण्डेको जोडी प्रथम भएको छ भने द्वितियमा प्रदीप खत्री र सुरज चौधरी भएका छन । आजै भएको अर्के महिला खेलहरुमा एकल तर्फ भगवती विक प्रथम भईन भने जर्जिया चौधरी द्वितिय भइन । अर्को महिला तर्फको डवलमा भगवती वि.क र जर्जिया चौधरीले ५–० मा समृद्धि महर्जन र तमिशी गुरुङ द्वितिय भइन । यसैगरी जुनियर तर्फमा रोहन भुषालले निर्गल स्थापितलाई सोझो सेट ४–२ मा हराएर रोहनले प्रथम स्थान हासिल गरे भने निर्गल दोश्रो भए । खेलका विजेताहरुलाई पदक तथा पुरस्कार वितरण प्रमुअ अथिति ओलम्पीक कमिटिका उपाध्यक्ष अशोक रत्न बज्राचार्य, अथिति ज्ञानेन्द्र श्रेष्ठ लगायत सम्ट नेपाल सफ्ट टेनिस संघका पदाधिकारीहरुले वितरण गरेका थिए ।

Photo : pradeep kumar shrestha/globalphotobank.com

Photo : pradeep kumar Shrestha/global photo bank.com

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ । ग्लोवल फोटो वैंक

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment