NAIMA Nepal Mobility Expo 2026

July 6, 2026 Global Photo Bank 6 photos

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन गरी NAIMA Nepal Mobility Expo 2026 सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ।

NAIMA Nepal Mobility Expo 2026 यही ११ देखि १६ अगस्ट २०२६ अर्थात् २०८३ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन्। एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन्।

Photo : pradeep kumar Shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment