Ram Sahaya Prasad Yadab

July 12, 2026 Global Photo Bank 4 photos

Ram Sahaya Prasad Yadav Vice president government of nepal

वि.सं. २०६४ को पहिलो संविधानसभामा उहाँ संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो। पहिलो संविधानसभामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यको रुपमा उहाँले सफल भुमिका निर्वाह गर्नुभयो। वि.सं. २०७४ मा प्रतिनिधिसभामा बारा क्षेत्र नं. २ बाट उहाँ अत्याधिक मतले निर्वाचित हुनुभयो।वि.सं. २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नं. २ बाट उहाँ पुनः निर्वाचित हुनुभयो। यसै वर्ष जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा उहाँ चयन हुनुभयो। वि.सं. २०७८ मा उहाँ वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनु भयो। वि.सं. २०७९ फागुन २७ गते जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुभयो। वि.सं. २०७९ चैत ३ गते उहाँ उपराष्ट्रपतिमा विजयी हुनुभयो।वि.सं. २०७९ चैत ६ गते उहाँले उपराष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

Photo : pradeep kumar Shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment