Wedding Destination place in nepal

July 30, 2026 Global Photo Bank 3 photos

७ देशका ५५० अन्तर्राष्ट्रिय इभेन्ट व्यवस्थापक काठमाडौंमा, नेपाललाई माइस र वेडिङ डेस्टिनेसन हबको रुपमा स्थापित गर्ने अवसर

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय माइस (मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेनेन्स तथा एक्जिविसन) तथा डेस्टिनेशन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्था इभेन्ट व्यवस्थापक महासंघ (इएमएफ) ग्लोबलले आफ्नो १३औँ ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ पहिलो पटक नेपालमा आयोजना हुँदैछ । ईएमएफ ग्लोबलका संस्थापक अध्यक्ष जयदिप मेहताले बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा यही साउन १५ देखि १७ गतेसम्म काठमाडौंस्थित द सोल्टी होटलमा हुने सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’ले गर्ने कार्यक्रम रहेको छ ।

Photo : pradeep kumar shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment