भोली देखि अन्तराष्ट्रिय वुमन फुटवल खेल दशरथ रंगशालामा हुने #international women’s football champiship #football #women’s football #anfa

February 16, 2025 Global Photo Bank 24 photos

काठमाण्डौ ४ फाल्गुण, भोलीदेखि शुरु हुने काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भएको छ । ‍प्रतियोगितालाई एएफसी वुमेन्स एसियन कप र फिफा वुमन्स विश्वकपको छनोटको तयारीको रुपमा लिएको एन्फाको भनाइ छ । प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा प्रशिक्षण भईरहेको छ भने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको स्टार स्टाइकर सावित्रा भण्डारी ‘साम्बा आज नेपाल फर्किँदै छिन् । उनी सोमबार बिहान मात्रै नेपाल आइपुग्ने एन्फाले जनाएको छ । उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग खेल्नेछ ।

Photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment