नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु

September 5, 2025 Global Photo Bank 21 photos

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला,संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अग्रसर हुनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले भने, लोकतन्त्रमा सबै वर्ग र पेशाका मानिसलाई समान अवसर प्राप्त हुन्छ । त्यसैको सदुपयोग गर्दै हाम्रो प्राचीन धरोहर, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हाम्रो साझा दायित्व हो । उनले नेपालको सांस्कृतिक सम्पदा अध्ययन, अवलोकन र अनुसन्धानका लागि वर्षेनी लाखौँ पर्यटक आउने भएकाले सम्पदाको संरक्षणमा सम्पदा प्रेमी सधैं सचेत रहनुपर्ने पनि बताए । सोही कार्यक्रममा शुभकामना मन्तव्य पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दिनु भएको थियो । नेपालको समृद्धिमा समेत प्रत्यक्ष योगदान पुग्नेछ । नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले यस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ठूलो महत्व राख्ने भएकाले यसलाई ‘वैश्विक सांस्कृतिक पर्व’ को रूपमा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

photo ; pradeep kumar shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment