३ जेठ, काठमाडौं । महत्वकांक्षी लक्ष्यसहित नेपालको एक मात्र फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग ९एनएसएल०को चौथो सिजनको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एन.एस.इ.एम) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएल आगामी भदौ २० गते बाट सुरु हुने घोषणा गरेको छ । कार्यक्रममा एनएसएलका निर्देशक श्रेयांश कार्कीले आगामी हुने खेलमा टिम सख्या बढाएर १० देखि १२ पुर्याउने योजना रहेको जानकारी दिए । भने कार्यक्रममा प्रमुख अतिथि रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरलेदेखि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता मन्त्रीका सल्लाहकार सिद्धि व्यन्जनकार, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायत लगायत उपस्थित थिए । साथै राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्य, अनिल गुरुङ लगायत पूर्व खेलाडीहरू पनि उपस्थित थियो ।
Photo : pradeep kumar Shrestha/global photo bank.com