Ramaroshan Sky Run 2026

नेपाल एड्भेन्चर रनिङ फेडेरेसन ले आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिता (रामारोशन स्काई रन २०२६) आयोजना गर्ने भएको छ । प्रतियोगिता सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रामारोशन क्षेत्रमा असार ३, २०८३, १७ जुन २०२६ मा सञ्चालन हुनेछ । प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको हो । कार्यक्रमको उद्देश्य सुदूरपश्चिम नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन तथा स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ ।

८ वाह्न वण्ड अठा र खण्डु का नामले परिचित रामारोशन क्षेत्र समुद्री सतहबाट २,०५० मिटर देखि ३,८५० मिटरसम्म फैलिएको छ । हिमाली ताल, विशाल पाटन, घना वन तथा मनोरम हिम शृङ्खलाबीच सञ्चालन हुने यस प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

Photo : pradeep kumar shrestha/global photo bank.com