Start national shooting championship 2026 in Satdobato

ललितपुर २३ जेष्ठ, २६औ महिला २७औ पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिता ललितपुर स्थित सातदोबाटो एन्फा कम्प्लेक्सको सुटिङ रेन्जमा शुरु भयो । यो खेल ३ दिन सम्म चल्नेछ । खेल प्रतियोगितामा सात प्रदेश र विभागिय टिम ३ गरी १० टिममा ३१ जना महिला र ३६ जना पुरुषको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा नेपाल सुटिङ संघका उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताबाट उद्घाटन गरी सम्बोधन गरी इन्टरनेशनल सुटिङ स्पोट्र्स फेडेरेसन डिपार्टमेन्ट फन्ट र एसियन सुटिङ को–फेडेरेसन बाट नेपालको सुटिङ खेलको विकासकोलागि प्राप्त खेलकुद सामाग्रि सदस्य सचिवले मेहतोले नेपाल सुटिङ संघलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको उदघाटन समारोहमा स्वागत नेपाल सुटिङ संघका अध्यक्ष पुस्कर दास श्रेष्ठले गरेको थिए भने कार्यक्रममा संघको पदाधिकारी लगायत सपोर्टगर्ने विभिन्न संघ सस्था मिडिया सहयोगीको उपस्थिति थियो । कार्यक्रम संचालन संघको महासचिव प्रदीप खातीले गरेका थिए ।

Photo video : pradeep kumar shrestha/ globalphotobank.com