मंसिर ४, काठमाण्डौ आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिककरण प्रदर्शनि २०८३ को उद्घाटन माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन पछि बोल्दै भन्नु भयो कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताए ।
उनले किसानलाई भाषण र आश्वासनभन्दा प्रविधि तथा उत्पादन बढाउने साधन आवश्यक रहेको बताए । परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्न कृषि यान्त्रिकीकरण महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो ।
मन्त्री साहले कृषि मेसिनरी व्यवसायीलाई केवल उपकरण आयात तथा बिक्रीमा सीमित नभई स्वदेशमै कृषि औजार, मेसिन, पार्टपुर्जा र प्राविधिक उत्पादन गर्ने उद्योग विकासमा लाग्न आग्रह गरे । स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्राथमिकता, लगानीमैत्री वातावरण निर्माण तथा नेपाली भूगोल र किसानको क्षमताअनुसारका साना, किफायती र सहजै मर्मत गर्न सकिने उपकरण उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
Photo : pradeep kumar Shrestha/globalphotobank.com