काभा क्लब च्याम्पीयनसिपका विजेता टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान

September 24, 2024 Global Photo Bank 9 photos

असोज ८ काठमाडौंमा हालै भात्र माल्दीभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपमा विजेता नेपाल पुलिस क्लबलाई शिखर इन्स्युरेन्स कम्पनीले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरेको छ।

यसबाहेक शिखरले प्रोत्साहनस्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई उषा भण्डारीलाई थप १ लाख र विधागत उत्कृष्ट हुने शान्तिकला तामाङ र सुमित्रा रेग्मीलाई ५० हजार रुपैयाँ थप प्रदान गरेको छ।

माल्दिभ्समा सम्पन्न प्रतियोगितामा नेपाल पुलिस क्लबले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएर च्याम्पियनसिपको उपाधि जितेको हो

च्याम्पियनसिपमा उषा भण्डारी सर्वोकृष्ट खेलाडी र उत्कृष्ट आउटसाइड हिटर, शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर चुनिएका थिए।
टोलीको प्रशिक्षणमा रुपेशकुमार विष्ट, व्यावस्थापकमा श्रवणकुमार झा र फिजियो थेरापिस्टमा भरतकुमार झा थिए। सम्मान कार्यक्रममा इन्स्युरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दीप प्रकाश पाण्डे, पूर्व मन्त्री रामकुमारी झाक्री, ओलम्पियन दीपक विष्टलगायतको उपस्थिति थियो।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment