पशुपतिस्थित धर्मशालाको व्यबस्थापन कोषले नै गर्ने निर्णय

October 7, 2024 Global Photo Bank 1 photo

काठमाडौं, असोज २० गते । लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषदको आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यबस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो
परिषद सदस्य काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको ब्यबस्थापन गर्ने अधिकार कोषलाई नै निहीत भएको भन्दै आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरि दिएको छ ।
मारबाडी सेवा समितिले यस अघिको कररा बदर गरी पाउँ भनि काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोष विरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दावी नपुग्ने ठहर गरे पछि परिषद्ले सो निर्णय गरेको हो 

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment