काठमाडौं १३ जेष्ठ : आदिवासी जनजाती चलचित्र महासंघको आयोजनामा ‘चौथो आदिवासी जनजाती चलचित्र महोत्सव–२०८१’ जेठ २३, २४ र २५ गते तीन दिने चलचित्र महोत्सव हुने भएको छ ।
महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । महोत्सव प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा आयोजना हुनेछ । आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महासंघका अध्यक्ष पुर्खाजित राईले भने, ‘महासंघले स्थापनाकालदेखि नै महोत्सव लगायतका आदिवासी जनजाती चलचित्र प्रवद्र्धन सम्बन्धी कार्यक्रम गर्दै आएको हो । तर, कोरोना महामारीका कारण तेस्रो संस्करणपछि महोत्सव आयोजना गर्न सकिएको थिएन । अहिले आएर पुनः निरन्तरता दिएका हौँ । आगामी दिनमा अझ महोत्सवलाई परिस्कृत गर्दै जाने छौँ ।’
मुलुकको अर्थतन्त्र बलियो बनाउन र राष्ट्रको सांस्कृतिक पहिचानलाई जोगाइ राख्न आदिबासी जनजाति चलचित्रको ठूलो भूमिका रहेको भएपनि राज्यले चासो नदिएको अध्यक्ष राईले गुनासो गरे ।
२०४४ सालमा नेवारी भाषाको चलचित्र ‘शिलु’ निर्माण भएयता ७ सयभन्दा बढी आदिबासी चलचित्रहरु निर्माण भइसकेको बताउँदै उनले थपे, ‘
आदिवासी जनजाती चलत्रि महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोकप्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवद्र्धनका साथै पर्यटन बिकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।