पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ : मन्त्री पाण्डे

January 26, 2025 Global Photo Bank 6 photos

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताउनुभएको छ। ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो। बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। ‘हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ। २४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन्। अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन। ‘माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ।’

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment