काठमाण्डौ २० श्रावण ःललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो । यो भोटोजात्रा ललितपुरमा हुन्छ । यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जावलाखेलमा जम्मा हुन्छन् । मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा ललितपुरको जावलाखेलमा रथबाट भोटो देखाउने प्रचलन छ । राजाका पालामा राजाले यो भोटो हेर्थे भने अहिले राष्ट्रपतिले हेर्छन् । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा पुर्याई विराजमान गराइन्छ । करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख महिनाको शुक्ल प्रतिपदादेखि सुरु भएर एक महिनासम्म सञ्चालन हुन्छ /
Photo : Pradeep Raj Onta / RSS