काठमाण्डौ २२ श्रावण ः काभा नेसन्स महिला भलिवल लिग २०२४को त्रिपुरेश्वर दशरथ रंगशालाको कभर्डहलमा भएको अन्तिम दुइ सेमिफाइनल खेल मध्ये दोश्रो सेमिफाइनल खेल नेपाल र इरानको भयो उक्त खेलमा सोझो सेट नेपालले इरानलाई ३–० गरी पराजित गरि फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा काठमाण्डौ महानगर पालिकाको उप मेयर सुनिता डंगोल खेलाडिको हौसला राख्नलाई उपस्थित हुनु भएको र खेलाडिलाई हौसला पनि दिनु भयो । भोली हुने फाइनल खेल भारत र नेपालको हुने छ भने तेश्रो स्थानकोलागि इरान र श्रीलंका खेल्ने छन् । खेल दिनको २ बजे इरान र श्रीलंकाको खेल शुरु हुने छ भने फाइनल खेल नेपाल र भारतको वेलुका ५ बजे हुने भएको छ । आज भएका खेलहरुको त्यस समयमा लिएका केही महत्वपुर्ण तस्वीरहरु
Photo : pradeep kumar Shrestha