काठमाण्डौ २३ श्रावण ः काभा नेसन्स महिला भलिवल लिग २०२४ को प्रतियोेतिगामा ब्यक्तिगत तर्फ ८ वटा अवार्ड पनि प्रदान गरेको छ । जसमा पहिलो स्थानमा प्राप्त गरेको भारतले चार नेपालले २ र इरान २ वटा प्राप्त गरेका छन् ।
प्रतियोगिताको सबैभन्दा मूल्यवान् , बेस्ट आउटसाइड हिटर गरी २ अवार्ड भारतकी सालिनी सर्भानन प्राप्त गरिन । त्यसै गरी भारतकै सुरिया थोतन्गतले वेस्ट मिडलब्लकर १ र भारतकै अर्का एक खेलाडि जुही शाले वेस्ट सेटरको उपाधि गरी ४ उपाधि लिन सफल भयो /
दोश्रो स्थानमा रहेको नेपालको सलिना श्रेष्ठले वेस्ट लिवेरा र सरस्वती चौधरीले वेस्ट अपोजिट खेलाडिको अवार्ड हात पारिन यसै गरी तेश्रो स्थानमा रहेको इरानले पनि २ ब्यक्तिगत अवार्ड जित्न सफल भयो जसमा मसोमेह घदामी वेस्ट आउटसाइड हिटर र माविना घराफानलाई वेस्ट मिडल ब्लकरको अवार्ड प्रदान गरियो ।
यस वमन भलिवल राष्ट्र सम्मिलित लिग प्रतियोगितामा श्रीलंका र माल्दिभ्सका खेलाडिले कुनै पनि ब्यक्तिगत अवार्ड लिन सकेनन् ।
Photo : Pradeep Kumar shrestha