टानको अध्यक्षमा सागर पाण्डे र महासचिवमा शेर्पा विजयी


काठमाडौं १८ भदौ ः ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ( टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन्

यस्तै महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समुहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समुहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा , यसैगरी सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा
विजयी भएका छन् ।