काठमाण्डौं,भदौ २७ । महिला उद्यमी महासंघ नेपाल९फेवान० को २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार काठमाण्डौको नयाँ बानेश्वरमा आयोजित कार्यक्रम महिला उद्यमी महासंघ नेपालका अध्यक्ष श्री शोभा ज्ञवाली को अध्यक्षतामा महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय श्री नवल किशोर शाह सुडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथी महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले सम्बोधन गर्दै महिला अधिकारका बिषयमा आफु सँधै दत्तचित्त रहेको र अहिले महिलालाई ३३ प्रतिशत मात्र अधिकार दिएता पनि थोरै रहेको र जनसंख्याको हिसाबले एकाउन्न प्रतिशत हुनु पर्ने बताउनु भयो ।
सभामा महांसघ की महासचिव कुन्नम पोखरेल ले वार्षिक प्रतिवेदन त्यस्तै महांसघका कोषाध्यक्ष सबिता सुबेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सभामा पहिलो चरणको कार्यक्रममा भरखरै पारा ओलम्पिकमा काँस्य पदक बिजेता तेक्वाण्डो खेलाडी पलेंशा गोबर्धन लाई नगद रु ५० हजार ५ सय ५१ रुपैंया र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सभाका अध्यक्ष ज्ञवालीले आमन्त्रित सबैलाई धन्यवाद दिदै महिलाको अधिकार र उधमशिलताका बारेमा कृयाशिल हुँदैगएको देखेर अत्यन्तै गर्वलागेको छ भन्नु भयो । सभामा महासंघमा आबद्ध सातै प्रदेशबाट १५० जना महिला उद्यमीहरुको सहभागीता रहेको थियो ।
तस्बिर ः प्रदीप कुमार श्रेष्ठ
महिला उद्यमी महासंघ नेपालको २१औं बार्षिक साधारण पहिलो दिनको शुरु #Fwean #21 agm #women industrial
Photos
Click any image to open it full size, or hover to download.