नेपालका लागि गाउँ उज्यालो बनाउँ परियोजनाको लागि सौर्य बत्ती हस्तान्तरण _ Solar lights handed over to Nepal for village lighting project

काठमाण्डौ ११ मंसीर नोभेम्बर २६ गाउँ उज्यालो बनाउँ सौर्य बत्ती हस्तान्तरण परियोजनाको पत्रकार सम्मेलन काठमाण्डौ अनुपम फुडलेन्डमा भव्य रूपमा सम्पन्न भयो ।
कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छि शान, छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृती फाउण्डेसनका महासचिव यिन लियाङ, रोशि गाऊँपालिका अध्यक्ष दिनेश लामा, छोङछिङ ह्वायान गुम्बा मास्टर ताओ चेन, रोशि गाऊँपालिका वार्ड नं ११ अध्यक्ष मान बहादुर तामाङ, रसुवा जिल्ला समन्वय प्रमुख अशोक घिमिरे लगायतको उपस्थिती थियो।

यस कार्यक्रमको उद्देश्य नेपालका दुर्गम गाउँहरूलाई स्थिर प्रकाशको समाधान प्रदान गर्नु, गाउँलेहरूको जीवनस्तर सुधार गर्नु, शिक्षाको विकासलाई समर्थन गर्नुका साथै ठूलो दया भावको प्रवाह र चिनियाँ परोपकारको इच्छाशक्तिको प्रदर्शन गर्नु हो।

नेपाल हिमालय पर्वतको दक्षिणतर्फ रहेको भूपरिवेष्ठित देश हो, यहाँका धेरै दुर्गम क्षेत्रहरू लामो समयदेखि विद्युत आपूर्तिको अभावको सामना गर्दै आएका छन्। रातको समयमा, गाउँलेहरूको जीवन, शिक्षा र सुरक्षामा विभिन्न समस्याहरू रहि आएका छन्। प्रकाशको अभावले दैनिक गतिविधिमा मात्र नभइ रात्री समयमा बालबालिकाहरूको पढाइमा पनि धेरै असर पारेका छन्, जसले उनीहरूको भविष्य परिवर्तन गर्ने अवसरलाई कमजोर बनाउँछ ।

नेपालका दुर्गम गाउँहरूलाई ूअन्धकारको समस्याबाटू मुक्त गर्न सहयोग गर्न, नेपालस्थित चिनियाँ राजदूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर, र छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनले संयुक्त रूपमा ूगाउँ उज्यालोू सौर्य बत्ती स्थापना परियोजना सुरू गरेका छन्।
यस परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्य बत्ती प्रदान गर्ने योजना बनाएको छ, जसले जीवनस्तर सुधार तथा शिक्षा र दिगो विकासलाई प्रवर्द्धन गर्नेछ। पहिलो चरणमा यो परियोजना बागमती प्रदेश, काभ्रेपालाञ्चोक जिल्लाका मिन्दुपा गाउँ र सिम गाउँलाई समेट्दै लगभग ८० घरपरिवार लाभान्वित भएका छन्।
यी दुई गाउँहरू पहाड र डाँडाका क्षेत्रहरूमा रहेका छन्, जहाँ गाउँलेहरू मुख्यतया परम्परागत खेतीपातीमा निर्भर छन्। यातायातको असुविधा, सीमित स्रोत र कठोर प्राकृतिक अवस्थाका कारण उनीहरूले लामो समयदेखि समस्या झेलिरहेका छन्। यस वर्ष सेप्टेम्बरमा आएको बाढीले समस्या झन् बढाएको छ, जसले प्रकाशको आवश्यकतालाई झनै महत्त्वपूर्ण बनाएको छ। यस पटक दान गरिएका सौर्य बत्तीहरूले यी गाउँहरूमा भरपर्दो र वातावरणमैत्री प्रकाश समाधान प्रदान गर्नेछन्, जसले गाउँलेहरूको रातिको जीवनलाई सहज बनाउनुका साथै बालबालिकाहरूलाई अध्ययन गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्नेछ।
यो परियोजना दान छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनले वर्षौंदेखि पालन गर्दै आएको ूदयाको भावना, सबैलाई सहयोगू भन्ने दर्शनको उदाहरण हो। साथै, यो चीनको ूबेल्ट एण्ड रोडू पहलमा पनि महत्त्वपूर्ण योगदान हो। सौर्य बत्तीको प्रयोगले हरित उर्जा प्रविधिको प्रवर्द्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन पनि गर्नेछ।
पत्रकार सम्मेलनमा, छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनका प्रतिनिधिले भने, “गाउँ उज्यालो परियोजना केवल भौतिक वस्तु दान मात्र होइन, यसले आशा र दयाको भावना पनि प्रवाहित गर्दछ। सौर्य बत्तीको प्रकाशबाट गाउँलेहरूको जीवनलाई सहज, सुरक्षित र आशा प्रदान गर्ने लक्ष्य राखिएको छ, साथै बालबालिकाहरूलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गर्नका लागि प्रेरित गर्नेछ।”
नेपालको काभ्रेपालाञ्चोक जिल्लाको रोशी गाउँपालिकाका प्रमुख दिनेश लामाले आफ्नो सम्बोधनमा चीनबाट प्राप्त सहयोगी भावनाको लागि हार्दिक धन्यवाद व्यक्त गर्दै यस परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे। साथै, यसले नेपाल–चीन जनताको मित्रतालाई थप प्रगाढ बनाउने पनि बताए।
“गाउँ उज्यालो ” परियोजनाले सिमा पार परोपकारको भावना प्रदर्शन गरेको छ। यो चीनको छोङछिङ ह्वायान मन्दिर र ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनको अन्तर्राष्ट्रिय परोपकारी सहकार्यप्रतिको लामो समयदेखि रहेको प्रतिबद्धताको महत्वपूर्ण प्रतीक पनि हो।
भविष्यमा, ह्वायान मन्दिर र फाउन्डेशनले बौद्ध धर्मको परोपकारी दर्शनलाई अनुसरण गर्दै सभ्यताको आदानप्रदान र समझदारीलाई बढावा दिन, र संकटमा परेकाहरूलाई सहयोग गर्न निरन्तर काम गर्नेछ।
“गाउँ उज्यालो बनाउँ” परियोजनाले नेपालका दुर्गम गाउँहरूको जीवनलाई उज्यालो बनाउनुका साथै, यसले नेपाल–चीन मित्रताको नयाँ अध्याय पनि शुरू गरेको छ। यस परियोजनाले दुई देशका जनतालाई एकसाथ मानव सभ्यताको साझा समृद्धि तर्फ अघि बढ्न प्रेरित गरेको छ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ