काभा पुरुष भलिवल क्लब च्याम्पियनसिप २०८१ मंसीर २२ देखि शुरु

काठमाण्डौ १४ मंसीर, नेपाल भलिबल संघको आयोजना एवं सेन्ट्रल एशियन भलिबल संघको संयोजनमा यहि मिति २०८१ मंसिर २२ गते देखि २९ गते सम्म नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको बारेमा काठमाण्डौको कार्कि ब्याङयुटमा पत्रकार सम्मेलन गरी जनाकारी नेपाल भलिवल संघले जानकारी दियो । काभाको बार्षिक कार्यक्रम अनु‌सार यो दोश्रो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता रहेको बताए । यस काभा पुरुष भलिवलमा प्रतियोगितामा इरानबाट चादौर मालो क्लव, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एच.डि.सि. क्लव र नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरि जम्मा ५ टिमको सहभागिता रहने छ । काभा महिला भलिवलको सफलता पछि काभा पुरुष क्लब च्याम्पियनसिप पनि नेपालबाट नै प्रथम पटक थालनी हुन गइरहेको जानकारी नेपाल भलिवल संघका महासचिव रोशन श्रेष्ठले बताउनु भयो । यस प्रतियोगिता सम्पन्न गर्नमा अनुमानित करिव १ करोड खर्च हुने छ । उक्त खर्च संघले राष्ट्रिय खेलकुद परिषद्बाट २५ लाख अनुदान प्राप्त गर्ने छ भने वांकी अपुग रकम विभिन्न संघसंस्थाहरु, सहयोगी हातहरु र टिकटबाट संकलन गर्ने लक्ष्य राखेको अध्यक्ष्इ जितेन्द्र बहादुर चन्दले कार्यक्रमको सभापन संगै उदघोष गर्नु भएको थियो ।
तस्वीर : प्रदीपकुमार श्रेष्ठ