नेपाल र म्यानमार बरावरी दुवै फाइन खेल्ने

February 23, 2025 Global Photo Bank 15 photos

काठमाण्डौ ११ फाल्णुन काठमाण्डौ, दशरथ रंगशालामा चलिरहेको चार राष्ट्र सम्मिलित इन्टरनेशनल महिला फुटवल च्याम्पियनसिप २०२५ अन्तर्गत समुहमा रहेको नेपाल र म्यानमारको अन्तिम चरणको खेल बराबरीमा खेल सम्मन्न भयो । आज दशरथ रंगशालामा भएको खेलमा दुवै देशका खेलाडिबाट पहिलो हाफमा २–२ गोल गरेर बरावरीमा थिए भने दोश्रो हाफमा भने कुनै गोल हुन सकेन । म्यानमारको तर्फबाट पहिलो गोल गर्ने म्याट नो किनले गरिन भने दोश्रो गोल मे टेट नुले गरिने भने नेपालको तर्फबाट पहिलो गोल सावित्राको पासबाट सविताले गोल गरिने भने दोश्रो गोल प्रितिराईको पासले सावित्रा भण्डारी (साम्बा) ले गरेकी थिईन । यसलाई तस्वीरमा हेरौ त ? खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई जज गर्नै सकिनन् ।आजको खेलको म्यान अफ दि म्याचको उपाधि सावित्रा भण्डारीले प्राप्त गरिने यो उपाधि पाउदा सम्म उनले २ वटा प्राप्त गरेकी छिन । दुवै टोली यस ६-६ अंक प्राप्त गरी फाइनलमा पुगेको थिए ।

https://youtu.be/FjKr6y7c8sg

Photo : pradeep kumar Shrestha / global photo bank

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment