फोनिज बागमती अध्यक्षमा पुनः युवराज श्रेष्ठ चयन

March 17, 2025 Global Photo Bank 102 photos

चैत ३, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित भएका छन्। रामेछाँँप सदरमुकाम मन्थलीमा शनिबार बिहानसम्म चलेको तेस्रो महाधिवेशनले पुनः रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

शुक्रबारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महिला उपाध्यक्षमा काठमाडौँकी अनिता डङ्गोल, महासचिवमा काठमाडौँका राजु नापित, महिला सचिवमा मकवानपुरकी निशा गुरुङ, सचिव संस्थागत चितवनका हिरालाल गुरुङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

महाधिवेशनले लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ, सदस्यमा निर बहादुर तामाङ र अनुशास​न​ स​मिति संयोज​क ज​ग​त​ तामाङ​, सदस्यमा प्रदीपकुमार श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा वावुकाजी श्रेष्ठ , उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ, र​त्न​काजी प्र​जाप​ती, रवि महर्जन, जर्नेल घले, तेज नाछिरिङ राई, श्यामलाल लामा र विशालराज राई चयन भएका छन् । बाकी तस्वीरमा

Photo : global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment