Semifinal of Mayor Cup Volleyball

March 25, 2025 Global Photo Bank 11 photos

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ। जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा मंगलबार महिलातर्फ दुई क्वाटर फाइनल तथा पुरुषतर्फ चार खेल सम्पन्न भएको हो। महिलातर्फ महालक्ष्मी नगरपालिकाले दुप्चेस्वर गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो। यस्तै अर्काे खेलमा आयोजक ललितपुर महानगरपालिकाले बिगु गाउँपालिकालाई हरायो। यसअघि ललितपुरले मन्थली बी लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। अर्को खेलमा मन्थली बी ले दुप्चेश्वर गाउँपालिकालाई पराजित गर्यो। मेलुङले बागमती गाउँपालिका ललितपुरलाई हरायो अन्तिम क्वाटर फाइनलमा महांकालले खाँडादेवी गाउँपालिका रामेछापलाई जारी बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेकाे छ। प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ। प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment