जुनियर र सिनियर प्रतिभाका लागि ‘मिस एण्ड मि.आइडल सिजन २ सुरु हुँदै
ृकाठमाडौं, चैत्र २८ – स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २ू को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि सुरु हुनेछ, जुन प्रत्येक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ। फाइनल कार्यक्रम जेठ ३ गतेका लागि तोकिएको छ।
कार्यक्रमको कोरियोग्राफर रोहित शाक्य रहनेछन्। निर्णायक मण्डलमा वरिष्ठ कलाकारहरू तथा वरिष्ठ पत्रकारहरू रहनेछन्, जसले प्रतियोगितालाई निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्।
कार्यक्रमको कोरियोग्राफर रोहित शाक्य रहनेछन्। निर्णायक मण्डलमा वरिष्ठ कलाकारहरू तथा वरिष्ठ पत्रकारहरू रहनेछन्, जसले प्रतियोगितालाई निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ।
जुनियर र सिनियर प्रतिभाका लागि ‘मिस एण्ड मिस्टर आइडल सिजन २ सुरु हुँदै