Photo ; pradeep kumar Shrestha /global photo bank,com
वैशाख २५ काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गर्नु भयो ।
सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताउनु भयो ।
नेपाल, चीन र बंगदादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिनुभयो ।
मेलामा नेपाल स्थिति थाइल्याण्ड र इजरायल,युएइका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० का देशिय निर्देशक तथा अमेरिका,रुस, पाकिस्तान, बंगलादेशका राजदुतावासका आर्थिक मामिला प्रमुखहरुको समेत सहभागिता रहको थियो ।