राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

June 2, 2025 Global Photo Bank 6 photos

काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ । आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सञ्चालक परिषद्को आज सिंहदरबारमा भएको २५ औँ बैठकमा परिषद्को अध्यक्ष प्रधानमन्त्री ओलीले पछाडि परेका जातिलाई उत्थान र क्षमतावृद्धि गरेर राष्ट्रिय समृद्धिमा लानुपर्नेमा जोड दिनुभएको हो । मुलुकमा सांस्कृतिक थिचोमिचो भइरहेका बेला नेपालका सबै जातिहरुले आफ्नो पहिचान खोजेर त्यसलाई महत्व दिनु नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान हो । हामीले हाम्रो संस्कृति मर्न दिनु हुँदैन । प्रधानमन्त्री ओलीले भन्नुभयो, “जातीय विकासको कुरा गर्दा हामीले जातीय वैमनस्यता र चिसोपन खोजेको होइन । आपसी एकता र समझदारी र सामाजिक न्याय खोजेको हो । यस प्रतिष्ठानलाई दलीय वा राजनीतिक मतदभेदका आधारमा होइन, साझा संस्थाका रुपमा लिएर जानुपर्छ । हाल मुलुकमा ३७ प्रतिशत आदिवासी जनजाति रहेका छन् ।

photo : dinesh bhandari / pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment