तिलौराकोटलाई विश्वसम्पदामा सूचीकृत गराउन पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

July 8, 2025 Global Photo Bank 2 photos

काठमाडौँ, असार २३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गर्नुभएको छ। पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको छ। मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुंगा सावित हुनेछ। तिलौराकोटको ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कारण स्थानीय स्तरमा लामो समयदेखि यसलाई विश्वसम्पदा सूचीमा राख्न माग हुँदै आएको छ। सोही अनुरूप मन्त्रालयले त्यसको स्वामित्व लिएर आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता प्रकट गर्दै आएको छ। हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र छन्, जसमा एसियाबाट भारत, कतार, जापान र कोरियाजस्ता देशहरू प्रतिनिधित्व गर्छन्। कमिटीमा बहुमतको आधारमा निर्णय हुने व्यवस्था रहेको छ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment