नेपाल क्यान्सर निवारण प्रतिष्ठान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयुक्त आयोजनामा ‘स्तन, पाठेघरको मुख र प्रोस्टेट क्यान्सर सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया’ कार्यक्रम गरेको छ। कार्यक्रममा डा. रजनी झाले पाठेघरको मुखको क्यान्सर, व्रेस्ट क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सर, क्लिनिकल अन्कोलोजिस्ट तथा युरो अन्कोलोजिस्ट र डा. इशान मल्लले प्रोस्टेट क्यान्सर सम्बन्धी प्रस्तुतिसंगै विभिन्न संचार संग सम्बन्धित सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रमलाई पहिलो उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले उद्घाटन गरी शुरु गर्नु भएको थियो । कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष गायक निर्णय श्रेष्ठ, गायीका तथा क्यान्सर विजेता देविका बन्दनालगायतको उपस्थिति र सम्बोधन रहेको थियो। यस अवसरमा काठमाडौं क्यान्सर सेन्टर, करुणा सिटी क्लिनिक र नेपाल सिनियर केयरको सहयोग रहेको थियो । photo : pradeep kumar shrestha /global photo bank.com