काठमाण्डौ युथ क्रियसन नेपालद्धारा आयोजित तामाङ समूदायका बालबालिकाहरुको प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्स दोस्रो संस्करण २०२५ को उपाधी केबिक तामाङ र सरलिन तामाङले जितेका छन् । साउन १७ गते काठमाण्डौ एक कार्यक्रममा आयोजित फिनाले कार्यक्रममा क्रमश बालक र बालिकातर्फ शिर्ष स्थान हासिल गर्दै फेस अफ तामाङ किड्स तामाङ्को उपाधी जितेका हुन् । प्रतियोगिता अन्तर्गत बालकतर्फ प्रतिस्पर्धामा फुर्बा तामाङ फस्र्ट रनर अप र दिप्सन तामाङ् सेकेण्ड रनर अप बन्न सफल रहे भने बालिकातर्फ सेलिना मोक्तान लामा फस्र्ट रनर अप र सोनाम डोल्मा पाख्रिन तामाङ सेकेण्ड रनर अप बन्न सफल रहे । सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उदेश्यसहित फेस अफ तामाङ किड्स आयोजना गरिएको तामाङ समुदायका लागि लामो समय देखि योगदान पुर्याउँदै आउनुभएका युथ क्रियसन नेपालका अध्यक्ष रवि लामा तामाङले बताए /
photo : pradeep kumar shrestha/global photo bank.com