काठमाण्डौ श्रावण २८ कागेश्वरी यही आउदो ३० गते देखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने भएको छ । आज एक पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिए । काठमाडौंमै पहिलो पटक गर्न लागिएको एक्सपोमा विभिन्न १००० धन्दा धेरै किसिमका सामुद्रिक माछाहरुलाई हेर्नलाई टनेलमा छिरेर हेर्न पाइनेछ । यस महोत्सोवमा सुनामी पिङ लगायत आधुनिक खेलहरुको मज्जा लिन पाइने । बालबालिकाका विभिन्न खेल सामग्री तथा १०० भन्दा धेरै सपिङ स्टल रहेको डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० गते देखि भदौ २१ गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटार, कृष्ण मन्दिर अगाडी, लभडाँडामा हुदैछ । यस महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहनेछ ।
photo : pradeep kumar shrestha/global photo bank.com