प्रत्येक २ सेकेन्डमा ८ जनाले दर्शन गर्ने ः पशुपति विकास कोष

August 24, 2025 Global Photo Bank 4 photos

काठमाडौं, ८ भदौ । यो वर्ष पशुपति क्षेत्र विकास कोषले हरितालिका तिजको ब्यबस्थापन बारे आज एक पत्रकार सम्मेलन पत्रकारहरुलाई ब्यबस्थापन अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । भगवान पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि बाहिरी रुपमा चार स्थानबाट दर्शनमार्गको व्यवस्था गरिएको छ । विहान ३ बजे देखि नै पशुपतिनाथको चारै वटा ढोका खोलिने पहिला पहिला वर्ष जस्तै यसवर्ष पनि पशुपतिनाथमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य संघ सस्थाहरु स्वयं सेवकको रुपमा परिचालन गरिने कुरा अवगत गराउनु भएको छ । उक्त दिन स्वास्थय सेवा, खोजतलासको पनि व्यवस्था गरिएको कुरा जानकारी पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।

photo : pradeep kumar shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment