काठमाडौँ शनिवार २१ भाद्र वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ उपत्यका लगायत अन्य स्थानमा धूमधामका साथ मनाए । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ। यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ। आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहेको थियो। यो परम्परा अनुसारा पहिला राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने चलन थियो भने अहिले राष्ट्रपतिबाट अवलोकन गर्ने चलन रहेको छ ।
photo : dependra maharjan /global photo bank.com