Manifesto public

‘योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

‘योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । लिगले सोमबार राज्य औपनिवेशिकता, बाह्य प्रभुत्व र पुँजीवादी नीतिविरुद्ध स्वदेशी स्वशासनको माग अघि सारेको छ। घोषणापत्रमा भनिएको छ, “हाम्रो भूमि, हाम्रो भाषा, हाम्रो संस्कृति हाम्रो अस्तित्वका स्तम्भ हुन्। अब मौन बस्ने समय छैन।” संगठनले यो घोषणापत्रलाई स्वदेशी युवाको चेतना, पहिचान र भविष्य निर्माणको खाका भएको जनाएको छ। घोषणापत्र अनुसार, ‘योङ इण्डिजिनिष्ट लिग’ स्वदेशी राष्ट्रहरूको आत्मनिर्णय, सांस्कृतिक पुनर्जागरण र न्यायपूर्ण समाज निर्माणका लागि युवाहरूको सामूहिक अभियान हो।

photo : global photo bank.com