Nepal enters semifinal

May 24, 2026 Global Photo Bank 9 photos

दशरथ रंगशालाको कभर्डहलमा भैरहेको काभा महिला भलिवल प्रतियोगिता अन्तर्गत आज भएको नेपाल र माल्दीभ्सको खेल्दै गरेको तस्वीरहरु

आइतबार नेपालले पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुआत गरेको थियो। दोस्रो सेटमा पनि नेपालले शानदार प्रदर्शन गर्दै २५(९ को सहज जित निकाल्यो। तेस्रो सेटमा माल्दिभ्सले केही प्रतिस्पर्धा गरे पनि नेपाल २५(२० ले विजयी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
यस जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। नेपाल पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित पहिलो जित दर्ता गरेको थियो। समूह चरणमा नेपालले तीन खेलबाट सात अंक जोडेको छ। यो समूहबाट भारतको सेमिफाइनल सम्भावाना बलियो छ। उसले दुई खेलबाट पाँच अंक जोडेको छ।

photo : pradeep kumar shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment